कतार विश्वकपलाई सफल बनाउन नेपाली समुदायसँग अपिल

काठमाडाैँ । अबको १० दिनपछि अर्थात् नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप फुटबलको महासंग्राम हुँदैछ । कतारले विश्वकप फुटबल आयोजना तथा त्यसको सफलतापूर्वक सञ्चालनलाई आफ्नो मुलुकको गौरव र प्रतिष्ठाका रूपमा लिएको छ ।

कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले बुधबार विज्ञप्ति जारी गर्दै कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरूले यसबीचमा आयोजना गरिएका कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप फुटबल प्रतियोगिता सफल बनाउन जिम्मेवारीपूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्चाधिकारीहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेको उल्लेख गर्दै दुवै मुलुकको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले सकारात्मक र जिम्मेवार भूमिका निभाउनु पर्ने उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री