कुमारी बैंकको साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

काठमाडौं । कुमारी बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सोमवार कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । सभाले १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।  सोही मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।

असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले  नगद लाभांश पाउनेछन् ।

कुमारी बैंक वाणिज्य बैंकमध्ये साधारण सभा गर्नेमा दोेस्रोमा छ । यसअघि सिटिजन्स बैंक इन्टरनेशलले साधारण सभा गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक …

प्रतिकृया दिनुहॊस