विप्लवको नेकपासहित तीन पार्टीद्वारा चुनाव बहिष्कार, आन्दोलनको घोषणा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’हित ३ वटा पार्टीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

आइतबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरेर नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले मंसिर ४ को घोषित निर्वाचन बहिष्कार गर्ने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

निर्वाचनको खारेजी तथा बहिष्कारका लागि आफूहरूले सुरु गरेको आन्दोलन तथा विरोधका कार्यक्रममा सहभागी हुन उनीहरूले अपिल समेत गरेका छन् ।

यी ३ पार्टीले घोषणा गरेको विरोधका कार्यक्रमअन्तर्गत कात्तिक २४ गतेदेखि ३० गतेसम्म काठमाडौँ बुटवल, इटहरी, बर्दिबास, पोखरा, सुर्खेत र धनगढीमा सभाको आयोजना गर्ने भएका छन् । कात्तिक २६ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा कोणसभा र विरोध प्रदर्शन गर्ने भएका छन् ।

त्यस्तै,अहिलेको व्यवस्थाको विरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफूहरूले संर्घष गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल अध्यक्ष आहुतीले बताएका छन् ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले क्रान्तिपछि उपलब्ध भएका जनताको अधिकारहरू एकपछि अर्को गरी कटौरी हुँदै गएको, भ्रष्टाचार बढ्दै गएको, सामाजिक असुरक्षा बढ्दै गएकोले आफूहरूले आन्दोलन गरेको बताए ।

अर्को दल नेकपाका अध्यक्ष ऋषि कट्टेलले चुनाव बहिष्कार र आन्दोलनमार्फत सत्ताको विरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता स्थापना गर्न आफूहरूले लागि परेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री