१० प्रदेशकाे प्रस्तावसहित जसपाकाे प्रतिबद्धतापत्र सार्वजनिक

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय सैली परिवर्तन गर्नु पर्ने बताएका छन् ।

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा उनले संविधान संसोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताए ।

कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनीतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए ।

उनले आन्दाेलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेकाे र अब आर्थिक विकास र समृद्धिकाे आन्दाेलनमा जानु पर्ने उनले बताए । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने उनकाे भनाइ छ । देशकाे बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्नेमा उनकाे जाेड छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस