महालक्ष्मी विकास बैंककाे आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको जानकारी दिएकाे छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले वताएकाे छ। आवास कर्जा योजना अन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्षकाे रहेकाे छ । घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदरका साथै कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले न्यूजदैनिकलाइ जानकारी दिएकाे छ ।

व्यावसायिक कर्जा योजना अन्तर्गत ‘सरल र सुलभ व्यवसायिक कर्जा, पौरखी हातहरुलाई थप ऊर्जा’ ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नेमात्रै हाेइन की  व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर र कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले उल्लेख गरेकाे छ । घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम ब्यवस्था गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने बैंकले जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी

काठमाडौं । सुपर बागमती हाइड्रोपावर लि. निर्माण अघि बढ्ने भएको छ । ३ बैंकबाट लगानी …

प्रतिकृया दिनुहॊस