निहारिका राजपुतका छोरा र शिवराजको डीएनए मिल्यो

काठमाडौं । निहारिका सिंह राजपुतका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डीएनए मिलेको छ । महोत्तरी जलेश्वरकी निहारिकाका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजसँग मिलेको हो ।

विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन् । उच्च अदालत जनकपुरले राजपुतको छोरा र शिवराजको डीएनए परीक्षण गर्न आदेश जारी गरेको थियो ।

डीएनय परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । वकिल यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ । रिपोर्ट नआएको हुँदा २५ गतेका लागि साधारण तारेख दिइएको थियो । अब रिपोर्ट आइसकेको अर्को सुनुवाइको पेसी तोकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

काठमाडौं- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० जना सदस्य थपिएका …

प्रतिकृया दिनुहॊस