स्कुल बसमा सवार बालकको टाउको रुखमा ठोक्कियो, उपचारको क्रममा मृत्यु

काठमाडौँ । स्कुल बसमा यात्रा गरिरहेका एक बाकल रुखमा ठोक्किएर मृत्यु भएको छ । काठमाडौँको लाजिम्पाटस्थित बेष्टस् मन्टेश्वरी इलिमेन्टरी स्कुलमा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो ।

बुधबार साढे ३ बजे स्कुल बिदापछि बा १ क ४६४२ नम्बरको स्कुल बसमा चढेका उनी झ्यालबाट टाउको बाहिर निकालेर शिक्षकलाई ‘बाईबाई’ भन्दै थिए । लगत्तै चालकले बस अघि बढाएपछि आयुष्मानको टाउको सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो । घटनापछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो ।

उपचारकै क्रममा उनको गएराती करिब २ बजे उनको उपचारको क्रममा मृत्यु भएको हो । उनी ५ कक्षामा अध्ययरत थिए । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले प्रहरीको रोहबरमा स्कुल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस