६५ वर्षदेखि वृद्धभत्ता सभापतिको चाहना हो : स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले राज्यलाई भार नपर्ने बताएका छन् । नेपाली कांग्रेसको संकल्पपत्र (घोषणपत्र) तयारी समितिको पत्रकार सम्मेलनमा आइतबार मस्यौदा समितिका संयोजक समेत रहेका डा. वाग्लेले सामाजिक सुरक्षालाई साँच्चिकै योगदानमा आधारित बनाउन आवश्यक भएको बताएका हुन् ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको इच्छाअनुसार वृद्धभत्ताको उमेर घटाउने नीति लिइएको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुँदा राज्यलाई कुनै कठिनाइ नआउने बताए । ‘यो स्वर्णिम वाग्लेको संकल्पपत्र होइन‚ नेपाली कांग्रेसको हो । यसको सभापति शेरबहादुर देउवा हुनुहुन्छ । केन्द्रीय कमिटीमा झन्डै ८० प्रतिशत सदस्यको समर्थन उहाँलाई छ‚’ वाग्लेले भने, ‘उहाँको प्रगाढ इच्छा थियो कि ७० वर्षबाट ६८ वर्ष पनि उहाँले पुर्‍याउनु भएको हो । अबको ५ वर्षभित्र वृद्धभत्ता पाउने उमेर घटाउनुपर्ने उहाँको इच्छा प्रतिविम्बित भएको हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री