काठमाडौं । मुक्तिनाथ विकास बैंकले १९.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिले गत वर्षको नाफाबाट १८.२५ प्रतिशत बोनस सेयर र ०.९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
गत वर्षको नाफाबाट ४९ करोड ७८ लाख रुपैयाँ लाभांश बाड्न लागको बैंकले बताएको छ । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट पास भएपछि सेयरधनीले उक्त बोनस सेयर पाउने छन् ।
तपाईंको प्रतिकृया




