बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्बिरहरू)

काठमाडौं – आज भाइटीका । दाजुभाइ तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन् ।आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छन् । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो ।प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस