पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत

पोखरा । पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

आँखा राम्रोसँग  देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ ।

एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न  चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।

वृद्धा महिलाको  छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पीडित महिला र उनको परिवारले पाण्डेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री