असोज १२गतेदेखि सुपथ मुल्यका पसल खुल्ने

काठमाडौं । सरकारले  आउदो असोज १२ गतेदेखि  दशैं तिहार र छठ पर्वलाई ध्यानमा राखेर देशभर ४७ वटा सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ ।  यसरी खुल्ने पसल कात्तिक २७ गतेसम्म चल्नेछन्  ।साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोल्नेछन् ।

खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ ।

साल्ट ट्रेडिङले काठमाडौंमा ९ वटा आफ्नै डिपोहरुमा पसल चलाउनेछ भने उपत्यकाबाहिर २२ वटा डिपो र घुम्ती पसल गरेर ३६ वटा सुपथ मूल्यका पसल चलाउने योजना तयार भएको छ ।काठमाडौं उपत्यकामा ३ वटा मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्‍याउने व्यवस्था गरिएको छ ।

त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालन आउने छन् ।

यस्ता पसलमा सरकारी संस्थानले खाद्यान्न तथा उपभोग्य समानमा विभिन्न छुटहरु दिनेछन् । दाल, चामल, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा छुट दिइने छ ।

दुग्ध विकास संस्थानले घीउमा छुट दिनेछ । खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी सुपथ मूल्यमा उपलब्ध गराउनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप