काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो कार्यकाल पूरा भएको बताएकी छन् । उनले आज (मंगलबार) एक ट्वीट गर्दै आफ्नो कार्यकाल सफल रुपमा पूरा गरेको र आफू अब मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल छाडेर स्वदेश फर्किन लागेको बताएकी छन् ।
राजदूत यान्छीले ट्वीट गर्दै भनेकी छन्, ‘मेरो कार्यकाल पूरा गरें, म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु ।’ उनले आफ्ना सम्पूर्ण नेपाली मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेकी छन् । नेपालमा रहँदा मित्रता गाँसिएका साथीहरूसँग सधैं कदर गर्ने उनले बताएकी छन् ।
राजदूत यान्छीले यसअघि नै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणलगायतसँग शिष्टाचार बिदाइ भेट गरेकी थिइन् ।
प्रतिकृया दिनुहॊस