चितवन । बन्द भएको १८ घण्टापछि नारायणगढ मुग्लिनसडक खण्ड त्यसको १८ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । चारकिलो भन्ने स्थानमा पहिरो पूर्ण रुपमा हटाएर सडकलाई दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।
सोमबार राति साढे एक बजे गएकाे पहिरोको कारणले सडक अवरुद्ध भएको थियो । हिन्दू नारीहरुको ठूलो चाड तीजको अघिल्लो दिन सडकखण्ड अवरुद्ध भएकोले अन्य जिल्लाबाट दर खान माइत हिडेका महिलाहरु सडकमा रातभर अलपत्र परेका हुन् ।
पहिरो खसेलगत्तै नारायणगढ-मुग्लिन सडक आयोजनाले पहिरो हटाउने प्रयास गरे पनि अविरल बर्षा भएको कारणले समयमा नै सम्भव भएको थिएन ।
तपाईंको प्रतिकृया




