एनआईसी एसिया बैंकको ऋणपत्रमा माग भन्दा बढी आवेदन, अाज लगानी गर्ने अन्तिम दिन

काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्र बुधबारसम्म मात्र खुला हुने बैकले जनाएकाे छ । माग भन्दा बढी आवेदन परेपछि बैंकले आज बुधबारसम्म मात्र खुला गरेको वताएकाे छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी भदौ २१ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३६ करोड ६० लाख रुपैयाँ बराबरको ३ लाख ६६ हजार कित्तिा ऋणपत्र निष्कासन गरेको थियो ।

बैंकले धितोपत्र बोर्डबाट १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ २५ र ढिलोमा असोज १९ गतेसम्म तोकिएको थियो । निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप