गोदावरी भिलेज रिसोर्ट तथा होटेल ग्रिनवीच भिलेजमा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौं। मुक्तिनाथ विकास बैंक र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकहरुलाई उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १०% विशेष छुट दिने व्यवस्था भएको छ।

साे सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट÷होटेल ग्रिनवीच भिलेजको तर्फबाट प्रवन्ध निर्देशक प्रबिन आचार्यले हस्ताक्षर गर्नुभएको छ । यो सुविधा लिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्ष सम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको बैंकले जनाएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस