२८ औं वर्षमा एभरेष्ट बैंक, आँखा जाँच्ने मेशिनका लागि ४ लाख ८० हजार सहयोग

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न कार्यक्रम गरेर आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा नेपाल नेत्र ज्योती संघलाई डा.राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरिद गर्नका लागि ४ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । साे बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निर्माण गर्नका लागि गोदावरी नगरपालिका वडा नं. ३ सँग सम्झौता गरेको छ । बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान समेत गरेको छ ।

बैंकले आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसमएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस