मी सँग तिहार “१२ दिन १२ टिभी”

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा Mi TV 4APro 32 जित्ने मौका पाउनेछन् ।
यसै अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाज्यु भन्छन्, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं ।”

अफर अन्तर्गत कुनैपनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले Mi TV 4APro 32 TV जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको त्तच् कोड स्क्यान वा ३१००७ मा QR नम्बर पठाउनु पर्नेछ । प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत Mi TV 4APro 32 टिभी जित्ने मौका पाउनेछन् । यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुने कम्पनीले वताएकाे छ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस