नबिल बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । नबिल बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर निर्धारण गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको छ ।

साे बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि बढीमा १०.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत, ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर ताेकेकाे गरेको छ । नबिल रेमिट्यान्स मुद्दती निक्षेपमा १३.१३३ प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ । याेसँगै बैंकले कर्जाको ब्याजदरमा बेसरेटमा ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको बेसरेट ८.७७ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री