सत्यमोहन जोशीको निधनमा भोलि मंगलवार सार्वजनिक बिदा

काठमाडाैं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको जानकारी दिए ।

सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । उनकाे १०३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री