सबैलाइ मिलाएर लानसक्ने लाेकतान्त्रिक पार्टी काँग्रेसलाइ मत दिन उपसभापति खड्काकाे आग्रह

सुर्खेत। नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सबै मतदातालाइ मत दिन आग्रह गरेका छन्। सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खड्काले आज सोमबार गृहजिल्लामा नेपाल प्रेस युनियनकाे आयाेजनामा भएकाे कार्यक्रममा  पदका लागि भन्दापनि विकासका लागि केन्द्रीयस्तरमा हस्तक्षेपकारी भूमिका हुने धारणा राखे ।

सुर्खेतकाे राजनीतिमा दरिलाे खम्बाका रुपमा उनीलाइ लिइन्छ । दरिलाे चुनाव प्रचार प्रसारमा क्रममा गृहजिल्लामा उपसभापति खड्काले भ्रष्टाचारमुक्त, सुशासनयुक्त सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबैसँग अनुराेध गरे ।  ‘मंसिर ४ गते हुन गैरहेको निर्वाचनमा  जनताको हक, अधिकार संरक्षण गर्ने दृढ संकल्प बोकेको सत्ता गठबन्धनभित्र सहभागी दलहरुलाई आफ्नो मत दिन आग्रह गरे ।

याे निर्वाचन अतिनै महत्वपूर्ण रहेकाे भन्दै सुर्खेतको विकासमा विगतमा आफुहरुले सुरुआत गरेका भौतिक पूर्वाधार निर्माणका अधुरा आयोजनालाई पूर्णता दिने एजेण्डा रहेको उपसभापति खड्काले धारणा राखे। केन्द्रीय राजनीतिमा प्रभावशाली राजनीतिज्ञकारुपमा परिचित खड्का जिल्लामा समेत हेभी वेट नेताकारुपमा चर्चित छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस