आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचानमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य रहेको छ।
प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने २ हजार ४१२ जनामध्ये २ हजार १८६ जना पुरुष र २२५ जना महिला रहेका छन्। अर्थात कुल उम्मेदवारी दिनेमध्ये ९.३२ प्रतिशत संख्या मात्र महिलाको रहेको छ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार महिला उम्मेदवारको उपस्थिती १६५ क्षेत्रमध्ये ६१ वटामा शून्य र ४८ वटा निर्वाचन क्षेत्रमा मात्र एक–एक रहेको छ।
प्रतिनिधि सभा तर्फको २६ वटा निर्वाचन क्षेत्रमा प्रत्येकमा दुई–दुई जना महिला उम्मेदवार रहेका छन् भने १३ वटा निर्वाचन क्षेत्र प्रत्येकमा तीन–तीन जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
यस्तै, आठ वटा निर्वाचन क्षेत्रमा चार–चार जना, पाँच वटा निर्वाचन क्षेत्रमा पाँच–पाँच जना, दुई वटा निर्वाचन क्षेत्रमा ६–६ जना, एउटा निर्वाचन क्षेत्रमा ७ जना र एउटा निर्वाचन क्षेत्रमा १० जना महिलालाई उम्मेदवार बनाइएको छ ।
प्रतिकृया दिनुहॊस