अबको तीन दिन मौसम सफा हुने

अबको तीन दिनको मौसम सफा हुने भएकाे छ । तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ। मनसुनको अवधि सकिन लागेसँगै तराईका जिल्लामा हुस्सु लाग्न सुरु भएको हो।

अहिले लागेको हुस्सु बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद्हरुले जनाएका छन्। मनसुन अन्तिमतिर भएकाले अब ठूलो वर्षाको सम्भावना छैन ।

आज, भोलि र पर्सि तीन दिनकै मौसम सामान्यतयता सफा रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । तर मनसुनी प्रणाली कायमै रहेकाले पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यसपालि मनसुनको अवधि लम्बिएको छ। केही दिनयता मनसुन कमजोर बन्दै गएको छ । तर, बाहिरिन भने बाँकी छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस