काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सीईओमा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार असोज २४ गतेदेखि लागू हुने गरी पन्त पुनः सिइओ नियुक्त भएकाे कम्पनीले वताएकाे छ ।
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार सीईओमा पन्तलाई एक कार्यकाल थप गरी पुनः नियुक्त गरिएको हाे । सीईओ पन्तले चार वर्ष कम्पनीको नेतृत्व गर्ने भएका छन्। एक कार्यकाल सफल रुपमा पूरा गरेकाेले र आगामी कार्यकालमा संस्थाकाे बृहत्तर हित र प्रगतिलाइ ध्यानमा राख्दै उनीलाइ फेरी नियुक्ती दिइएकाे कम्पनीका एक कर्मचारीले जानकारी दिएका छन् ।
तपाईंको प्रतिकृया



