काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अर्का नेता घनश्याम भुसालको विद्रोहलाई स्वाभाविक रूपमा लिएकाे वताएका छन्। प्रतिनिधिसभामा आफूले टिकट नपाएपछि गरेको पत्रकार सम्मेलनमा अन्याय परेपछि विद्रोह हुन स्वाभाविक भएकाे भनेका हुन् ।
उनले घनश्याम भुसा जुन ठाउँबाट सिफारिस भए त्यहाँ स्थायी कमिटी र पाँच दशक पार्टीमा काम गरेको मान्छेलाइ हटाएर एउटा पात्रलाई उम्मेदवार बनाउँदा कुन एमाले कार्यकर्ता र जनताले त्यो पाइला ठिक छ भन्छ भनेर प्रश्न समेत गरे । त्यस्ता अन्यायपूर्ण कुरा गरेपछि विद्रोह पनि हुन्छ उनीले आक्राेश पाेखे ।
तपाईंको प्रतिकृया




