काभ्रे-२ मा उम्मेदवारी दिएका चलचित्र निर्माता पण्डितले पाए ‘डोजर’ चिन्ह

चलचित्र निर्माता मनोज पण्डितलाई डोजर चुनाव चिन्ह मिलेको छ। काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिन्ह पाएका हुन्।

काठमाडौंमा बालेन्द्र शाहले डोजर चलाइरहेका बेला आफूले यही चुनाव चिन्ह पाएको भन्दै पण्डितले खुसी व्यक्त गरेका छन्।

‘सांसद भएपछि मैले देशको सीमा अतिक्रमण भएका ठाउँमा बुलडोजर चलाउने हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री