सत्ता गठबन्धनले बागीलाई दिएको अल्टिमेटम १ बजे सकिने

काठमाडाै । सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेतालाई दिएको अल्टिमेटम आज बुधबार दिउँसो १ बजे सकिँदै छ । गठबन्धनले मंगलबार एक विज्ञप्तिमार्फत् दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्न पार्टीसम्बद्ध बागी उम्मेदवारहरूलाई निर्देशन दिएको थियो ।

साे अवधिभित्र उम्मेदवारी मनोनयन फिर्ता नलिए पार्टीबाटै निष्कासन गरिने चेतावनी विज्ञप्तिमार्फत् दिइएको छ । विज्ञप्तिमा  ‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने व्यहोरा अवगत गराइन्छ,’  भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेकाे छ । आउँदाे मंसिर ४ गते हुने निर्वाचनका लागि विभिन्न क्षेत्रमा गठबन्धनमा आबद्ध दलका नेताबाट बागी उम्मेदवारी परेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री