काठमाडौँ । सेन्चुरी इनर्जी कम्पनी प्रालिले निर्माण गर्ने हाँडीखोला सुनकोसी ‘ए’ साना जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकले एकल लगानी गर्ने भएको छ ।
सिन्धुपाल्चोकमा निर्माण हुने १ मेगावाटको आयोजनामा बैंक एक्लैले ऋण लगानी गर्न लागेको हो । बैंक र कम्पनीबीच ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनामा बैंकले १५ करोड रुपैयाँ लगानी गर्ने छ ।
१५ महिना अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट २०७६ चैतभित्र विद्युत उत्पादन हुने उनका दाबी छ । आयोजनाबाट उत्पादन हुने विद्युत विद्युतगृह नजिकैको ११ केभी घोरथली वितरण लाइनमा जोडिने कम्पनीले जनाएको छ । उत्पादित विद्युत वितरण प्रणालीमा जोड्न ११ केभी क्षमताको स्वीचिङ स्टेसन निर्माण गरिनेछ ।
तपाईंको प्रतिकृया




