काठमाडौँ । आजदेखि काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शो शुरु हुँदैछ । विभिन्न ब्राण्डका सावारी साधन तथा त्यससँग सम्बन्धित सामग्रीहरुको बृहत प्रदर्शन नाडा अटो शो २०१८ मंगलबारदेखि भृकुटिमण्डपमा सुरु हुने भएको हो । यो शो ६ दिनसम्म चल्नेछ ।
साना ठूला गरी १३४ वटा ब्लक तथा स्टल रहने प्रदर्शनीमा ठूला ब्रान्डका सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस् टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजलगायत नेपालमै उत्पादित सामग्री रहने छन् ।
तपाईंको प्रतिकृया




