सांकेतिक तस्वीर

चन्द्रागिरिमा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका -२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए । अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस