सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता

काठमाडाैं । संखुवासभाको खाँदबारी नगरपालिका–९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । आफ्नै गाडीमा सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जीप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ ।

बेपत्ता हुनेहरूमा खाँदबारी–७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेको डीएसपी वीरेन्द्र गोदारले बताए । उनीहरूको खोजीकार्य भइरहेको उनले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after