टीकाको दिन पानी पर्ने, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँ । यो वर्षको दसैँमा पानी पर्ने भएको छ । दसैँको टीकाको दिन पनि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणाली बाहिरिन केही दिन ढिलो भएकाले दसैँभर पानी पर्ने जनाएको छ ।

दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश–१, मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस युनियनको ताला

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ …

प्रतिकृया दिनुहॊस