काठमाडौँ। रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहोर फाल्दै गरेका चालकलार्इ प्रहरीकाे नियन्त्रणमा परेका छन् । आइतबार राति तिलगङगा–गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए ।
चालक सुदीप खड्का र सवारीलाई रातभर नियन्त्रणमा राखी कारवाहीका लागि वडा कार्यालयमा बुझाइएको प्रहरीले वताएकाे छ ।
सवारी चालकलाई काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयले आगामी दिनमा पशुपति क्षेत्रमा फोहर नफाल्ने शर्तमा रु पाँच हजार जरिवाना गरी छोडिदिएको छ । चालकले बबरमहलबाट फोहर लगेर पशुपति जङ्गलमा फाल्न खोजेका थिए ।
तपाईंको प्रतिकृया




