आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टले आफ्नो बैंकिङ्ग करियर नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा सुरुवात गरी २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको कार्य अनुभब रहेको छ ।

तत्पश्चात भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समयमा बिभिन्न बैंक तथा बित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध थिए । भट्टसँग रेमिट टु नेपाल प्रा.लिको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभब समेत रहेको छ ।

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जाहेर गरे ।

साथै कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकायहरु श्री बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, शुभचिन्तक लगायत कम्पानीको विभिन्न पदमा रही कार्य गर्ने कर्मचारीहरुलाई धन्यबाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गरीदिनुहुनका लागि अनुरोध गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप