काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैली पटक्कै चित्त नबुझेको बताएका छन् । बिहान चाबहिलमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले तीनै तहका सरकारले गरेको काम पटक्कै चित्त नबुझेको बताएका हुन् ।
अहिलेको सरकार डेंगी नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको उनले बताए । ‘सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ महामन्त्री थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौँ । तर, अहिले हाम्रै सरकारले काम गरेन ।’
आपत्कालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेंगी नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने थापाले बताए । चाडबाडका बेला डेंगीको प्रकोप बढ्ने देखिएकाले सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने महामन्त्री थापाको भनाई छ ।
तपाईंको प्रतिकृया




