अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको शानदार जित

काठमाडौँ । मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि सहज जित हासिल गरेको छ । काठमाडौँ स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले पराजित गरको हो ।

नेपालका लागि तिनै गोल अन्जन बिष्टले गरेका हुन् । राष्ट्रिय टिमका लागि अन्जनको यो पहिलो ह्याट्रिक हो । नेपालले बंगलादेशमाथि खेललाई १७औं, २६औँ र ३७औँ मिनेटमा गोल गर्दै ३-० को अग्रता लिएको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

अन्जनले राष्ट्रिय टिमका लागि यो ह्याट्रिकसहित १० गोल गरेका छन् । साथै अन्जनको बंगलादेशविरुद्ध यो चौथो गोल हो । नेपाल र बंगलादेशबीच यो सहित २५ खेल भएको छ । जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ भने नेपालले यो जितसहित ८ खेलमा जित हासिल गरको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस