महालक्ष्मी विकास बैंकले थप्यो शाखा

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रमशः चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं १, स्थित टाँडी शाखा तथा रुपन्देही जिल्ला, गैडहवा गाउँपालिका वडा नं ६, स्थित सूर्यपुरा शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

टाँडी शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले दीप प्रज्वलनका साथ गर्नुभएको थियो भने सूर्यपुरा शाखाको समुद्घाटन गैडहवा गाउँपालिकका प्रमुख बेच्छु केवटले गर्नु भएको थियो । सोही अवसरमा बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको थियो ।

बैँकको टाँडी शाखाका शाखा प्रबन्धक श्याम बाबु तिमल्सिना  र सूर्यपुरा शाखाका शाखा प्रबन्धक गोपाल कँडेलले शाखा समुद्घाटन समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्व साधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ८० हजार भन्दा बढी रहेको छ ।  महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब निक्षेप संकलन गरी रु. २१ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ, समस्यालाई अवसरमा बदल्ने प्रतिबद्धता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। …

प्रतिकृया दिनुहॊस