सिट बाँडफाँट गर्न गठबन्धनको बैठक आजपनि

काठमाडौं । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल निष्कर्षमा पुग्न सकेको छैन । मंगलबार बेलुकी कुनै निष्कर्ष बिना बैठक सकिएपछि आज बिहानैदेखि छलफल हुने भएको छ ।

मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । बुधबार बिहान ८ बजेदेखि पुन: छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा सहमतिको नजिक पुगेको बताएका छन् । उनले १६५ मध्ये ८० प्रतिशतमा सहमतिको नजिक पुगेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री