काठमाडौँ । नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रीय उपाध्यक्ष तेजकुमार के सी ले संघियन निजामती ऐन जारीमा ढिला हुनु दुखद भएको बताएका छन् । शहरी विकास तथा भवन निर्माण विभाग, शहरी विकास मन्त्रालय विभागीय कार्य समितिले बबरमहल काठमाडौँमा विजया दशमी तथा शुभ दीपावली २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख समेत रहेका उपाध्यक्ष केसीले सबैको कुरा मिलेपनि गाउँपालिका र नगरपालिकाको कार्यकारीका विषयमा कुरा निमलेको बताए । कार्यकारीको हकमा एक थरी प्रदेशबाट जाने अर्कोथरी संघबाट जाने र कसैले स्थानीयकै हुने भन्ने विषयमा कुरा नमिल्दा संघियन निजामती ऐन नआएको बताए । उनले हाल जारी हुनको संघियन निजामती ऐनमा करार र स्थायी कर्मचारीका मुद्धाहरु समेटिएको बताए ।
विभागीय अध्यक्ष अनिलकुमार प्रधानले स्वीकृत अस्थायी दरबन्दीमा नियुक्त गरिएका करार कर्मचारीहरू र कार्यालयको आवश्यकता अनुसार नियुक्त गरिएका ज्यालादारी कर्मचारीहरू प्रति ऐन जारी गरी सोही अनुसार कार्यान्वयन हुनु पर्ने बताए । कर्मचारी नियुक्त हुनु र बिचमा कर्मचारी निकालिनु पर्ने समस्याका कारण कतिपयलाई रोजीरोटी समस्या हुने गरे छ, अध्यक्ष प्रधानले भने यस तर्फ स्पष्ट खाका आउनु जरुरी छ ।
विभागीय अध्यक्ष अनिलकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा विजया दशमी तथा शुभ दीपावली २०७९ सालको पावन अवसरका राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव डम्मरबहादुर बम गरेका थिए । सोही अवसरमा रिक्त रहेको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा सुरेन्दराज आचार्यलाई जिम्मेवारी दिइएको छ ।



