बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ बढेको हो । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री