नेपाल बैंकको मुद्दति खातामा पैसा दोब्बर हुन लाग्ने समयअवधि घट्यो

काठमाडाैँ । नेपाल बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दति खातामा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय घटाएको छ । अबदेखि बैंकको उक्त खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार यसमा न्यूनतम २५ हजार रुपैयाँभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी, यो योजनामा बैंकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउने छ ।

संघ संस्थाहरूको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दति खाता संस्थागत सञ्चालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम सात वर्ष दुई महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरूले १ लाखभन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् ।

बैंकले विदेशमा कार्यरत नेपालीहरूका लागि नेपाल बैंक डबल धमाका मुद्दति खाता रेमिटेन्स सञ्चालनमा ल्याएको छ । अबदेखि यो खातामा विदेशबाट प्राप्त रेमिटेन्सको रकम जम्मा गर्दा मात्र पाँच वर्ष पाँच महिना नै सो रकम दोब्बर हुनेछ ।

यसमा न्यूनतम २५ हजार रुपैयाँभन्दा माथिको रकम जम्मा गर्न सकिने बताइएको छ । यी डबल धमाका मुद्दति खाताहरू सीमित अवधिको लागि मात्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री