२२ घण्टापछि छ्यादी खोलाको भिरबाट जीवितै उद्धार

काठमाडाैं । हेलम्बु गाउँपालिका-१ सर्कथली छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु-१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो ।

शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेरमा उनलाई काठमाडौ लगिने तयारी भइरहेको छ । शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए । उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस