प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त

काठमाडाैं । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई विज्ञापन बोर्डको सदस्य नियुक्त भएका हुन् ।

३१ भदौ २०७९ को निर्णयानुसार अधिकारीलाई ४ वर्षका लागि बोर्डको सदस्यमा मनोनयन गरिएको उल्लेख छ । मन्त्रीस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो । अधिकारी नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्षसमेत हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस