काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चितवनस्थित जंगल भिल्ला रिसोर्ट तथा काठमाडौंस्थित त्रिसाराबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमुख सुहानी गिरि र त्रिसाराका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरे ।
जसअनुसार बैंकको ग्राहकले प्रविधिमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
तपाईंको प्रतिकृया




