नेपाल लाइफले बढायो लाभांशदर मात्रै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांशदर बढाएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसमा ०.७८९५ प्रतिशत भने कर प्रयोजनको लागि हुनेसमेत कम्पनीले जनाएको छ । कूल लाभांशदर अघिल्लो वर्षको तुलनामा भने बढी हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री