काठमाडौं । पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७९० जनाको नमूना परीक्षण गर्दा १२६ जनामा संक्रमण देखिएको हो ।
१६७४ को पिसीआर परीक्षणबाट ७५ जना र २११६ को एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी, हाल नेपालमा २१ सय २९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १५ जनाले ज्यान गुमाइसकेका छन् ।
तपाईंको प्रतिकृया




