माछापुच्छ्रे बैंकका ग्राहकले टिभि तथा वर्ल्डलिंक इन्टरनेटमा इजी इएमआई पाउने

काठमाडौँ । माछापुच्छ्रे बैंकका ग्राहकले टिभी तथा वर्ल्ड लिंक इन्टरनेट प्याकेजमा इजी इएमआई सुविधा पाउने भएका छन् ।

माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्तालाई इएमआई सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक, एनआईटीभी स्ट्रिम्ज प्रालि र वर्ल्डलिंक कम्युनिकेशनबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनआईटिभीका तर्फबाट सीईओ निरज राजभण्डारी र वर्ल्डलिंकका तर्फबाट केशव नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधामार्फत टिभि तथा इन्टरनेटसम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआईमा लिन सकिने व्यवस्था छ । आउँदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआइटीभी र वर्ल्ड लिंकले सञ्चालन गरेको फेस्टभिभीटीवाई अफरअन्तगृत ग्राहकले करीव ५६ प्रतिशतसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् ।

बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा वर्ल्डलिंक र एनआईटिभीको सबै कार्यालयबाट उपलब्ध गराइने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री