जनकपुर। टिपरको ठक्करबाट दुर्इ दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राई छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुर्इ दाजुभाइ हुन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




