थप १ सय ७९ मा कोरोना संक्रमण, १ जनाकाे मृत्यु

काठमाडौँ । नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय पिसिआर परीक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७१ जना निको भएका छन् ।

हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री