सत्ता गठबन्धनमा सिट बाँडफाँड टुङ्ग्याउन सकस

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो  ।

बैठक अहिले बिहान ८ बजेपछि लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ । आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो  ।

आज बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताए । ‘आज लामो छलफल भयो । तर, सिट बाँडफाँटको विषयमा सहमति जुटेन,’ आइतबारको बैठकपछि खनालले भने, ‘बालुबाटारमा ८ बजे शीर्ष नेताहरूको बैठक बस्नेछ । आवश्यकताअनुसार कार्यदलका साथीहरूलाई पनि बोलाइनेछ । हामी सहमतिमा पुग्छौँ ।’

सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ । कांग्रेस ८५-९०, माओवादी ४५-५०, जसपा र एकीकृत समाजवादी १२ देखि १५ सिट र जनमोर्चालाई एक या दुई सिट दिएर सहमति जुटाउने कांग्रेस र माओवादीको तयारी छ ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्थानीय तह उपनिर्वाचन : आज मनोनयनपत्र दर्ता, आचारसंहिता लागू

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

प्रतिकृया दिनुहॊस